मीन विश्वकर्माले दिए कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । उनले कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षबाट पनि राजीनामा दिएका छन् ।
विश्वकर्माले आगामी महाधिवेशनको कार्यतालिका समावेशी नभएको पार्टी केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिएकाे बताए ।
उनले आफूले राजीनामा गरेको पत्र सामाजिक संजालमा समेत राखेका छन् । ‘पार्टीको निर्वाचन निर्देशिका समावेशी भएन । परिवर्तन गर्न आग्रह गर्दा गरिएन । तसर्थ केन्द्रीय कार्यालयमा राजीनामा दिएर आए,’ विश्वकर्माले भनेका छन् ।
![](https://fra1.digitaloceanspaces.com/appharuspace/himalpost/uploads/2021/09/min-bishwakarma-538x768.jpg)