चिकित्सा नोवेल पुरस्कार अमेरिकाका जेम्स एलिसन र जापानका तासुकु होन्जोलाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चिकित्सा नोवेल पुरस्कार अमेरिकाका जेम्स एलिसन र जापानका तासुकु होन्जोलाई



इन्द्र कमल जैरु /नयाँ  दिल्ली 

चिकित्साको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए बापत यस वर्षको चिकित्सा नोबेल पुरस्कार अमेरिकाका जेम्स एलिसन र जापानका तासुकु होन्जोलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

क्यान्सरको उपचारमा नयाँ थेरेपीको खोज गरेकाले उनीहरूलाई यसवर्षको चिकित्सा नोबेल प्रदान गरिन लागेको हो । एलीसन युनिभर्सिटी अफ टेक्सस र तासुकुको जापानको क्योटो युनिभर्सिटीका प्रोफेसर हुन ।

उनीहरूले खोज गरेको थेरेपीले शरीरको प्रतिरोधक तन्त्र क्यान्सर प्रभावित कोशिकाहरूमा बन्ने प्रोटिनलाई शरीरमा बढ्नबाट रोक्नेछ । सामान्यतया यो प्रोटिन प्रतिरोधात्मक तन्त्रको क्यान्सर कोशिकाहरूलाई मार्ने क्षमतालाई कम गर्दछ । थेरेपीपछि प्रतिरोधात्मक क्षमता बढी राम्रो भई क्यान्सरसँग लड्न अझ बढी सक्षम हुनेछ । जेम्स एलीसन र तासुकु होन्जोले यसअघि २०१४  मा आफ्नो रिसर्चका कारण  एसियाको नोबेल मानिने ट¬ाङ्ग पुरस्कार पनि जितिसकेका छन् ।

गत वर्ष चिकित्साको नोबेल मानव बायोलोजिकल क्लोकमा प्रभाव पार्ने जीन्स र प्रोटिनमाथि अनुसन्धान गर्ने तीन अमेरिकी नागरिकलाई प्रदान गरिएको थियो ।