अब एमडी/एमडीएस पढ्न २२ लाख - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

अब एमडी/एमडीएस पढ्न २२ लाख



त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/ एमडीएस) अध्ययन गर्नका लागि नयाँ शुल्क निर्धारण गरेको छ।

नयाँ शुल्क अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले २२ लाख रुपैयाँमा  एमडी अध्ययन गर्न सकिने (चिकित्सा अध्ययन संस्थान आईओएम)का डिन डा.जगदिश प्रसाद अग्रवालले जानकारी दिए।

‘हामीले यो निर्णय हिजो मात्र सार्वजनिक गरेका हौं। नयाँ भर्ना शुल्क अन्तर्गत त्रिविले क्लिनिकल तर्फको एमडी/ एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको हो,’ डिन डा.अग्रवालले भने।

यसअघि त्रिवि कार्यकारी परिषद्ले सोही तहमा अध्ययन गर्ने विद्यार्थीका लागि ३१ लाख शुल्क तोकेको थियो। पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले पनि चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह शुल्क २३ लाख बनाउन माग गर्दै गरेका थिए।