संसदको कार्यसूचीमा पर्यो एमसीसी, केही बेरपछि टेबल हुने
प्रतिनिधिसभाको केहीबेरमा सुरू हुने बैठकको कार्यसूची तयार भएको छ ।
अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ ।
आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो ।
एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्मा या कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एकले संसदमा पेश गर्नेछन् ।