चौतर्फी दवावले एमसीसीको पक्षमा फर्किए प्रचण्ड - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

चौतर्फी दवावले एमसीसीको पक्षमा फर्किए प्रचण्ड



काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि मात्रै अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ट पारेको छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजो साँझ भएको टेलिफोन वार्ताका बारेमा प्रस्टीकरण दिदैँ प्रचण्डको सचिवालयले निर्वाचन पछि मात्रै एमसीसी पारित गर्नुपर्ने बिषयमा छलफल भएको जनाएको छ ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्ड र एमाले ओलीका बीचमा टेलीफोन सम्वाद भएको जनाउँदैँ, ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो, यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं’ भन्दै प्रस्ताव गरेको स्विकार गरेका छन् ।

‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं, देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौ’ मल्लले अध्यक्ष प्रचण्डको भनाई उध्रित गर्दै जानकारी दिए । तर, एमाले अध्यक्ष ओलीले प्रस्तावलाई गम्भीरतापुर्वक नलिएको प्रचण्डको सचिवालयले जनाएको छ ।