एमसीसीको विरोध गर्नेलाई पक्राउ गर्ने आदेश, माहोल भड्किने संकेत
काठमाडौं- सरकारले पारित गर्ने तयारी गरेको भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आन्दोलन चर्किदै गएको बेला सरकारले दमन गर्न शुरू गरेको छ । यो परियोजनाको बिरोध गनेहरूमाथि प्रहरी प्रशासनले धरकपकड गर्न थालेको छ ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष नेपाल भ्रमणमा आउने भएपछि एमसीसी विरुद्धको माहोल तात्तिएको छ । सरकारले नै एमसीसीको विरोध गर्नेहरूलाई पक्राउ गर्न आदेश दिएपछि काठमाडौं लगायार्का सहरमा सुरक्षा तैनाथी बढाईएको छ । काठमाडौंमा सादा पोशाकका प्रहरी व्यापक परिचालन गरिएको छ ।
काठमाडौं आउन लागेकी फातिमाको विमानस्थलदेखि विरोध गर्न विभिन्न राजनीतिक दल तथा समूहले सर्वसाधारणलाई आग्रह गरेका छन् । हामोल भड्किने देखेपछि सरकारले आन्दोलन दबाउने रणनीतिमा लागेको छ । एमसीसीको विरोधमा उत्रनेको संख्या दिनदिनै बढिरहेको छ ।अहिले एमसीसीको चर्को बिरोध गर्ने दल तथा समूहहरू हालसम्म दुई दर्जनभन्दा बढी पुगेका छन् ।
स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टी,ज्ञानेन्द्र शाहीको हाम्रो नेपाल हामी नेपाली रहेका छन् ।त्यसैगरी नेकपा (मसाल),नेकपा (क्रान्तिकारी,माओवादी),नेकपा (माले),राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी–केन्द्र),राष्ट्रिय जागरण मञ्च,जनसमाजवादी पार्टी नेपाल,नेकपा (संयुक्त) लगायतका समूह आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेकपा (बोल्सेविक), राष्ट्रवादी केन्द्र नेपाल,पुष्पलाल अध्ययन समाज,सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), नेकपा (माओवादी) ले पनि एमसीसीको बिरोध गर्दै आएका छन् ।
बिरोध गर्ने अन्य दल तथा समूहमा समाजवादी राष्ट्रिय मञ्च नेपाल, नेपालका लागि नेपाली पार्टी, मधेशी जनअधिकार फोरम, राष्ट्रिय जागरण परिषद्,एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति,अनेमसंघ क्रान्तिकारी, विश्व हिन्दू महासंघ,जनसेवक नेपाल र एमसीसी खारेज अभियान रहेको बताइएको छ ।