एमसिसीबारे जनमत संग्रह, विपक्षमा दुईतिहाई मत - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

एमसिसीबारे जनमत संग्रह, विपक्षमा दुईतिहाई मत



खोटाङ : अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा खोटाङमा जनमत संग्रह गरिएको छ। नेकपा माओवादी पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले यथास्थितिमा एमसिसी पारित गर्नु हुन्छ कि हुँदैन? भनेर जनमत संग्रह गरेको जनाएको छ।

जिल्ला सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचोकमा बुधबार दिउँसो २ घण्टा भएको मतदानमा २ सय ७ जनाले मत लगाएका थिए। जसमा १ सय ९२ जनाको मत एमसिसी पास गर्न नमिल्ने पक्षमा रहेको छ। यस्तै, १४ जनाको मत एमसिसी पास गर्ने पक्षमा रहेको छ भने एकजनाको मत बदर भएको छ।

देशमा एमसिसीको विषयले चर्चा पाइरहेको अवस्थामा नागरिकले यसलाई कसरी लिएका छन्? भनेर जनमत संग्रह गरिएको अखिल (क्रान्तिकारी) प्रदेश नम्बर १ का सचिव एवं खोटाङ जिल्ला संयोजक डिआर खड्काले बताए।

नागरिकले लगाएको मत प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइने उनको भनाइ छ।