एमसीसीमा हस्ताक्षर गर्ने सांसदको विप्लव समुहले औंला काटिदिने - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

एमसीसीमा हस्ताक्षर गर्ने सांसदको विप्लव समुहले औंला काटिदिने



काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काट्ने चेतावनी दिएका छन् । सोमबार शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै बुढा मगरले यस्तो चेतावनी दिएका हुन् ।

संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी भैरहेको भन्दै उनले एमसीसी पास गर्न हस्ताक्षर गर्नेको औला काटिदिने चेतावनी दिएका हुन् । संसदीय व्यवस्था असफल भैसकेको भन्दै उनले मुलुकमा देखिएका अहिलेका समस्या समाधान गर्न जनमत संग्रहमा जानुपर्नेमा जोड दिए ।

उनले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई शहीद घोषणा गर्न पार्टीको तर्फबाट माग गरेको छ ।

घटनाको विरोधमा कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य मगरले धामीलाई शहीद घोषणा गर्न माग गरेका हुन् । भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको हत्या गरेको भन्दै उनले दोषीलाई कारवाही गर्न सरकारसँग माग पनि गरे ।

सो क्रममा उनले अघिल्लो सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति पालना गर्दै थुनामा रहेका पार्टीका कार्यकर्ता रिहाइ गर्न सरकारलाई आग्रह पनि गरे ।