सकियो एमसीसीको औचित्य - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

सकियो एमसीसीको औचित्य



काठमाडौं- पछिल्लो वर्ष निकै चर्चा र विवादमा रहेको अमेरिकी सहयोग नियोग एमसीसीको औचित्य सकिएको छ । संघीय संसद्को वर्षे अधिवेशन सकिए लगतै अमेरिकन मिलिनियम च्यालेन्ज (एमसीसी) को औचित्य सकिएको हो ।

नेपालमा एमसीसी कार्यक्रम सञ्चालन गर्न संघीय संसद्ले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको थियो । एमसीसी कार्यक्रमको अनुमोदन बिनै संसद् अधिवेशन सकिएपछि एमसीसी संकटमा परेको छ ।

सत्तारुढ दल नेकपामा पनि रडाकोको बिषय बनेको एमसीसीबारे अमेरिकी दुतावासले अघिल्लो साता मात्रै विज्ञप्ति निकालेर अहिले निर्णय गर्न नसके पटक पटक यो अवसर नआउने बताएको थियो ।

संसदबाटै पास गराउने प्रधानमन्त्री ओलीको अडान कायम थियो भने नेकपामै बहुमत समूह परिमार्जन गर्ने पक्षमा थियो ।