एम्बाप्पेलाई तीन खेलको प्रतिबन्ध,नेयमारमाथि अनुसन्धानको कारवाहि - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एम्बाप्पेलाई तीन खेलको प्रतिबन्ध,नेयमारमाथि अनुसन्धानको कारवाहि



काठमाडौं- पेरिस सेन्ट जर्मनका स्ट्राईकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लागेको छ ।

फ्रेन्च कपको फाइनल खेलका क्रममा खराब फाउल गरेको भन्दै एम्बाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको हो ।

फुटबल क्लब रेनिससंगको खेलको अतिरिक्त समयमा २-२को अवस्थामा एम्वाप्पेले फाउल गरेका थिए । पेनाल्टी सुटआउटमा पुगेको खेलमा रेनिस ६-५ गोल अन्तरले विजयी भएको थियो ।

त्यस्तै पीएसजीका अर्का स्टार नेयमारमाथि पनि अनुसन्धानको कारवाहि हुने भएको छ ।

उपविजेताको पदक संकलन गर्न जाने क्रममा बाटोमा फ्यानसंग झगडा गरेपछि नेयमारमाथि अनुसन्धान कारवाहि खुल्ला गरको हो ।
यस सिजन पिएसजिले कप कम्पिडिसनमा जित निकाल्न सकेको छैन ।

केहि दिन अघि मात्र च्याम्पियन्स लिगमा पिएसजि म्यान्चेष्टर युनाईटेडसंग पराजित भएको थियो ।

पीएसजीलाई टाइब्रेकरमा हराएको रेनिसले सन् १९७१ पछि पहिलो पटक फ्रेन्च कपको उपाधि उचालेको हो। यस्तै लिग वानका केही खेल बाँकी हुँदै पीएसजीले फ्रान्सेली लिग वानको उपाधि पक्का गरिसकेको छ।