एम्बाप्पेको दुई गोल र पीएसजीको जित - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

एम्बाप्पेको दुई गोल र पीएसजीको जित



एजेन्सी । प्रि–सिजन टूर अन्तर्गत आफ्नो पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब डायनमोलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन युवा स्टार खेलाडी केलियन एम्बाप्पेले  दुई गोल गरे ।

दोस्रो डिभिजनको जर्मन क्लब डायनमोविरुद्ध पीएजीले खेलको छैठौं मिनेटमा एम्बाप्पेको गोलबाट सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १८ औँ मिनेटमा जुलियन ड्रेक्सलरले पीएसजीको अग्रतालाई दोब्बर पारे । खेलको ३४ औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ४८ औं मिनेटमा आर्थर जाग्रेले गोल गर्दै पीएसजीलाई ४–० गोलको अग्रता दिलाए ।

खेलको ६१ औँ मिनेटमा वीरगिलु पोस्टोलाचीले पाँचौ गोल गर्दा ७१ औँ मिनेटमा आदिल अछुतेले गोल गर्दै पीएसजीलाई जिततर्फ लिए । उता डाइनमोलाका लागि खेलको ७६ औँ मिनेटमा मौसा कोनले पेनाल्टीमार्फत एक गोल गरेपनि टिमको हार भने टार्न सकेनन् ।