पीएसजीमा नेयमारसँगै एमबाप्पेको चमत्कार ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पीएसजीमा नेयमारसँगै एमबाप्पेको चमत्कार !



एजेन्सी । स्टार खेलाडी नेयमार र किलियन एमबाप्पे आवद्ध टिम पेरीस सेन्ट जर्मेनले गुईनग्यापमाथि सहज जित निकालेको छ ।  फ्रान्स लिग वानमा पीएसजीका दुवै स्टार खेलाडीले गुईनग्यापविरुद्ध गोल गरेपछि ३—१ गोल अन्तरले पराजित भएको हो । खेलमा पीएसजीका लागि एमबाप्पेले दुई तथा नेयमारले एक गोल गरेका छन् ।

सव्टिच्युसन खेलाडीका रुपमा मैदान छिरेका एमबाप्पेले पीएसजीका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको ८२ औं र ९२ औं मिनेटमा महत्वपूर्ण गोल गर्दै टिमका लागि निर्णायक गोल गर्दै जित दिलाएका हुन् ।

खेलको सुरुवाती २० औं मिनेटमा युईनग्यापका रोलान रोयुक्सले एक गोल गर्दै अग्रता दिलाएका थिए भने पहिलो हाफमा पीएसजी १—० गोल अन्तरले पछ्याइरहेको थियो ।

तर, दोस्रो हाफ सुरु भएको केही मिनेटमै स्टार खेलाडी नेयमारले गोल गर्दै खेल बराबरीमा पुर्याका थिए । भने दोस्रो हाफमा गुईनग्याप सम्हालिन नसक्दा दोस्रो हाफमा कमजोर देखियो भने खेलको अन्तिमतिर युवा खेलाडी एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीका लागि सहज जित निकालेका थिए ।