यस्तो किर्तिमान बनाउन सक्छन एम्बाप्पे ! - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

यस्तो किर्तिमान बनाउन सक्छन एम्बाप्पे !



जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले आफ्नो कीर्तिमान फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले तोड्न सक्ने बताएका छन्।

१९ वर्षीय एमबापेले हालै रूसमा सम्पन्न २१ औं संस्करणको विश्वकपमा ४ गोल गरेका थिए। फाइनलमा समेत गोल गरेर उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका उनी फुटबलका उदाउदा तारा भएको बताएका छन्।

त्यो गोलसँगै उनी ब्राजिलका महान खेलाडी पेलेपछि कम उमेरमा फाइनलमा गोल गर्ने खेलाडी बनेका थिए।

विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने क्लोजले एक ‘पेरिसयन’ पत्रिकालाई अन्तर्वार्ता दिँदै एम्बाप्पेले आफूलाई उछिन्ने बताएका हुन्। ‘केलियनको उमेरलाई हेर्दा उनले ४ वटा विश्वकप खेल्ने देखिन्छ। र, जुन प्रकारले उनले पहिलो विश्वकप खेले, त्यो हेर्दा उनले मेरो कीर्तिमानको बराबरी वा मलाई उछिन्ने सम्भावना छ,’ उक्त अन्तर्वार्तामा भनेका छन्।

क्लोजले सन् २००२ देखि २०१४ सम्म चार वटा विश्वकपमा गरी १६ गोल गरिसका छन्।

उनले आगामी ‘बालेन डि’ओर’ को सूचीमा उनी पनि समावेश हुनाले उनको फुटबल भविश्य उज्जवल रहेको  दावी गरेका छन्।

यस्तै फिफाले जारी गरेको बालेन डओर अवार्डको मनोनयमा उनी परेका छन्। उनले अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो, क्रोएसियाका लुका मोड्रिचसँग प्रतिश्पर्धा गर्नेछन्।