जितेपछि एमबाप्पेको कडा प्रतिक्रिया - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

जितेपछि एमबाप्पेको कडा प्रतिक्रिया



फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई खेलाडी र प्रशिक्षक दुवैको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्न अब एक मात्र जित आवश्यक छ ।

सन् १९९८ को डेसम्याम्प्सको कप्तानीमा फ्रान्सले विश्वकप जित्दा केलियन एम्बाप्पे जन्मिएका समेत थिएनन् । तर, अहिले डेसम्याम्प्सकै प्रशिक्षिकत्वमा एम्बाप्लेले रुसमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

मंगलबार बलियो बेल्जियमलाई हराएपछि फाइनलमा स्थान बनाएपछि एम्बाप्पेले फ्रान्सको यो सफलता आफ्नो सबैभन्दा उडन्ते सपनामा पनि नचिताएको बताएका छन् ।

लेसब्लुस टिमको लागि सनसनीपूर्ण प्रदर्शन गरिरहेका १९ वर्षीय एम्बाप्पेले आक्रामक मुभ बनाउँदै उत्कृष्ट अवसरहरु सिर्जना गरेका छन् । बेल्जियमसँग सेमिफाइनल खेलमा पनि उनले त्यस्तै अर्को एक उत्कृष्ट प्रर्दशन देखाए ।

२०१७ पछि एमबाप्पेको लागि जीवन एक आँधी जस्तै भएको छ, उनले एककाएक ठूल्ठूला सफलता हात पारिरहेका छन् । उक्त सिजनमा उनले मोनाकोको लिग वान उपाधि जित्ने अभियानमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

त्यसपछि उनी १८० मिलियन यूरोमा पेरिस सेन्ट जर्मेन पुगे । पीएसजीबाट पनि लिग उपाधी जितिसकेका उनी १९ वर्षको उमेरमा नै विश्वकप फाइनल खेल्दैछन् ।

‘मैले मेरो जिन्दगीकै सबैभन्दा उडन्ते सपनामा पनि विश्वकप फाइनल खेल्ने कुरा कल्पना गरेको थिइन’ पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘म सपना देख्ने गर्छु र यो मेरो जिन्दगीकै सबैभन्दा ठूलो सपना हो । तर, अझै एक कदम अगाडी बढ्न बाँकी नै छ । तर हामीले जे गर्यौं, त्यसमा गर्व गर्छौं ।’

मंगलबार बेल्जियममाथि १–० को जीत हात पारेपछि फ्रान्सको उपाधि जित्ने सम्भावनालाई धेरै बलियो बनाएको छ ।

जीतपछि फ्रान्सभर खुसीयाली छाएको छ र एम्बाप्पेले पनि टिमको प्रर्दशनको कारण फ्रान्सेली जनता खुसी छन् भन्ने बुझेका छन् । ‘राष्ट्रपति इम्यानुयल म्याक्रो आँफै हामीलाई भेट्न ड्रेसिङ रुममा आउनुभयो’ उनले भने, ‘पुरै देश हाम्रो साथमा छ ।’ एजेन्सी ।