जालान त रियल मड्रिड एम्बाप्पे ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

जालान त रियल मड्रिड एम्बाप्पे ?



जेन्सी। अहिलेका चर्चित केलियन एम्बाप्पेलाई क्लब भित्र्याउन रियल मड्रिडको कसरत कायमै रहेको छ । पिएसजीका युवा खेलाडी एम्बाप्पेलाई क्लब ल्याउन मड्रिड लागिपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

रोनाल्डो इटालियन् क्लब युभेन्टस गएपछि उनको स्थानमा एम्बाप्पेलाई अनुबन्ध गर्न रियल मड्रिड लामो समयदेखि व्यस्त देखिएको बताइएको छ । अघिल्लो सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका फ्रान्सेली स्टार एम्बाप्पेलाई अनुबन्ध गर्न रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज पहिले देखिनै तयार रहेका छन्।

एमबाप्पेले पीएसजीका लागि लिग वानको पहिलो खेलमा दुई गोल गरिसकेका छन्। अघिल्लो सिजनमा उनले २४ खेल खेल्दै १३ गोल गरेका थिए। रियलले एम्बाप्पे भित्र्याउनकै लागि रोनाल्डोले छोडेको ७ नम्बर जर्सी कसैलाई पनि दिएको छैन। उनी रियल आए भने ७ नम्बर जर्सी लगाएर खेल्नेछन्।