शेष घलेले लगानी गर्दैछन मयुर यातायातमा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

शेष घलेले लगानी गर्दैछन मयुर यातायातमा



केहि समय अगाडी निकै चर्चामा रहेको मयूर यातायात प्रा लिमा एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले लगानी गर्ने भएका छन्।

यसको लागि प्रक्रिया चलिरहेको मयूर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले जानकारी दिए।

१० जना शेयर होल्डरबाट सुरूवात भएको मयूर यातायातमा अहिले ३५ जनाको शेयर छ। र शेष घले बाहेक अन्य एनआरएनका सदस्यले पनि मयुरमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीलाई लिमिटेड बनाएर सयजना सेयर होल्डर पुगेपछि आइपिओमा लैजाने र सर्वसाधारणको लागि पनि शेयर जारी गर्ने तयारी कम्पनीको छ।

मयूर यातायातले सहरी क्षेत्रमा विद्युतीय सवारी मात्र ल्याउने जनाएको छ । एउटा विद्युतीय गाडीको डेढ करोडदेखि साढे २ करोडसम्म पर्ने कम्पनीले जनाएको छ ।

१ अर्ब खर्च गरेर काठमाडौंको लागि ४० वटा विद्युतीय गाडी ल्याउने छलफल भैरहेको जनाइएको छ ।