मेयर विरुद्ध ९ वडा अध्यक्ष ,श्रीपेच बिनाको राजा बन्न खोजेको आरोप - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

मेयर विरुद्ध ९ वडा अध्यक्ष ,श्रीपेच बिनाको राजा बन्न खोजेको आरोप



प्रकाश मिश्र / कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका चर्चा र बिबादको प्रयाय हो भन्दा फरक नपर्ला । जहिले बिबाद जहिले काण्ड घोडाघोडी नगरपालिकाको नियती झै छ ।

घोडाघोडी नगरपालिकामा १२ वटा वडा छ्न र बहुमत ९ जना वडा अध्यक्षले संयुक्त बैठक बस्दै नगर प्रमुख ममता प्रसाद चौधरिले आत्मकेन्द्रीत भएको आफन्त मोहमा फसेको अधिनायक वाद लादेर अघि बढेका कारण हाम्रा माग सम्बोधन नभएसम्म नगरका सम्पुर्ण बैठक तथा छलफल बहिस्कार गरेको वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बमले बताए ।

शनिबार बिपद ब्यवस्थापन समिती गठन गर्न बसेको बैठकमा चर्को बिबाद भएपछी वडा अध्यक्षहरुले आफ्नो माग सम्बोधन नभएसम्म आफुहरुले बहिस्कार नीति अबलम्बन गर्ने भन्दै बाहिरिएका थिए ।

उनिहरुको निर्णय यतिबेला हामिले पाएका छौ तर औपचारिक रुपमा सार्बजनिक हुन बाकी छ । हामिले प्राप्त गरेको निर्णयमा जस्मा १२ मध्य ९ वडा अध्यक्षको हस्ताक्षर रहेको भएता पनि हामिलाइ यो निर्णय प्राप्त भएपछी वडा नम्बर ८ का अध्यक्ष भिम बहादुर बोगटी संग कुरा गर्यौ उनले भने यो अधिनायकवाद विरुद्धको लडाइ हो ।

वडा अध्यक्षहरुले मेयर ममता प्रसाद चौधरिले आत्मकेन्द्रीत सोच त्यागेर अध्यक्षहरुको कटौती गरिएको अधिकार सुनिस्चित नगरे सम्म बहिस्कार नीति जारी रहने वडा नम्बर ८ का अध्यक्ष भिम बोगटिले बताए ।

हामिले यसै बिषयलाइ लिएर मेयर ममता प्रसाद चौधरिलाइ सोध्यौ वडा अध्यक्षहरुले बहिस्कारको नीति लिए तपाईं यस्लाइ कसरी लिनुहुन्छ? भनेर उनको भनाइ थियो मैले के अधिकार खोसे स्पष्ट भन्नुहुन्न वडा अध्यक्ष ज्युहरु म आफै अचम्मित छु किन यस्तो भयो । म उपचारका लागि काठमाडौ जादैछु फर्केपछी यो बिषयमा छलफल गरौला ।

त्यस्तै वडा नम्बर १ का अध्यक्ष मनराज शाहिले मेयर बिना श्रीपेचको राजा बन्न खोजेको आरोप लगाए । साथै अधिनायकवादि सोचबाट पछि नहटे अहिले सम्म पास नभएको बजेट पास पनि हुन नदिने जिकिर गरे ।