मामा भान्जिले ल्याए मायाले के भन्छ के भन्छ !(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

मामा भान्जिले ल्याए मायाले के भन्छ के भन्छ !(भिडियो सहित)



काठमाडौँ। हुन त तीज आउन अझै  बाकि छ तर नेपाली सांगीतिक  बजारमा  भने तीज गीतहरु सार्वजनिक हुन थालेका छन्  ।

सोहि क्रममा गायिका सम्झना लामिछाने मगर र गायक दिपक गरौजा मगरको नयाँ तीज  गीत  मायाले के भन्छ के भन्छ बजारमा आएको छ।दीपक गरौजा र सम्झना लामिछाने मगरको स्वरमा तयार पारिएको उक्त गीतको  शब्द नेत्र अर्यालको रहेको छ । लय खेम सेन्चुरीले  गरेका हुन् ।

गीतको भिडियोमा गायिका तथा मोडेल सम्झना लामिछाने र चक्र बमको अभिनय रहेको देख्न पाइन्छ। प्रकाश भट्टको निर्देशनमा राजेश घिमिरेले छायाङ्कन गरेको उक्त भिडियो  विष्णु शर्माले सम्पादन गरेका छन् ।

गीतलाई सम्झना डिजिटल प्रालिले बजारमा ल्याएको छ ।