शिव पलाँसको गीति सङ्ग्रह 'माया गर्नुको अर्थ' सार्वजनिक - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक



गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक भएको छ। जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द-सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो।

कार्यक्रममा कृतिबारे बोल्दै डा.कृष्णहरि बरालले शिव पलाँसका गीतमा रुपक , अलंकार , कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । यो संग्रहले उनलाई महत्वपुर्ण गीतकारको रुपमा स्थापित गरेको छ ।

त्यस्तै डा. ऋषि बस्ताकोटीले आजकल धेरै गीतहरु सुनेपछी मात्रै गीतहरु जस्ता लाग्छन् भने शिव पलाँसका गीतहरु पढ्दा नै गीत जस्ता छन् र कतिपय गीतहरु त दिमाग खल्बलिने तथा मुटु झस्काउने खालका भएको टिप्पणी गरे । रमेश पौडेलले आफूले पहिला माया गर्नुको अर्थ गीतलाई चिनेको र पछी बल्ल गीतकारलाई चिनेको बताए ।

हरिहर तिमिल्सिनाको बिचारमा शिवका गीतहरु सुन्ने खालका होईनन् । हेर्ने खालका पनि होईनन् । यि त महसुस गर्ने खालका गीतहरु हुन् । बिष्णुबाबु देवकोटाले शिव पलाँस सस्तो चर्चाको पछि नलाग्ने, संगीतमा देखिएको विकृति माथि औंला उठाउने र सुगम गीतको खेतिमा रमाउने इमानदार किसान भएको धारणा ब्यक्त गर्नुभयो ।

दीप श्रेष्ठ, नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, शिशिर योगी, कर्णदास, प्रमोद खरेल, सन्तोष रुचाल , इन्दिरा जोशी, सुमन क्षेत्री, चन्दादेवी, स्वरुपराज लगाएतका गायक गायिकाले गाइसकेका गीतहरुमा बी.बी.अनुरागी, अर्जुन पोखरेल, सञ्जु थापा, तेजेन्द्र गुरुङ लगायतका संगीतकारले संगीत भरेका गीतहरू पनि पुस्तकमा संग्रह गरिएको छ।

कार्यक्रममा विमल गौतम, नम्रता गुरागाईं, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ सरू, लक्ष्मी थापालगाएतले गीतकार पलाँसका मनपर्ने रचना वाचन गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्त्यमा गीतकार पलाँसले आफ्नो गीति लेखनका बारेमा प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए भने गायक-संगीतकार सञ्जु थापाले गीत प्रस्तुत गरेका थिए ।

विमोचित कृतिलाई आवरण प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको वितरण पाल्पा बुक्स बागबजारले गरेको छ । गोवर्ध्दन पूजाले सन्चालन गरेक कार्यक्रम दुइ घन्टा चलेको थियो ।