माया बिकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै संयुक्त दलित सशक्तिकरण समाज नेपालद्धारा प्रेस बिज्ञप्ति जारी
मंगल बास्कोटे / लम्की ,कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नं.११ की माया बि.कको हत्याको घोर भत्सना गर्दै घटनामा संलग्न ब्यक्तिहरुलाई लम्की चुहा नगरपालिकामा रहेको संयुक्त दलित सशक्तिकरण समाज नेपाल एक प्रेस बिज्ञप्ति निकालेर हदै सम्मको कारबहीको लागी जोडदार माग गरेको छ ।
दलित सशक्तिकरण समाज नेपालका अध्यक्ष ढक बहादुर बि.कको हस्ताक्षरित बिज्ञप्तिमा लेखिएको छ “गौरिगंगा नगरपालिका ११ बस्ने श्री हर्क बहादुर बि.क को १९ बर्षको छोरी माया बि.क सोही नगरपालिकाको तथ्याङ्क संकलन गर्ने कार्यका लागी खटिएकी र मिति २०७५ असार १२ गते देखि हराएको र १५ गते वडा नं.११ मा रहेको चपरथल्ली सामुदायिक बन भित्र मृत अवस्थामा लास फेला पेरेको र घटनाको प्रकृति हेर्दा पासबिक रुपमा हत्या भएको बुझिएकाले एक बालिकाको जघन्य हत्या प्रति संयुक्त दलित सशक्तिकरण समाज नेपाल को घोर भत्सर्ना गर्दै खेद प्रकटका साथ गहिरो दुःख ब्यक्त गर्दछौ ।
साथै यस दुःखद घडिमा मृतकका आफन्तहरु प्रति धैर्य धारण गर्ने शक्तिको कामना र मृत आत्माको चिर शान्तिको कामना गर्दै यो जघन्य अपराध गर्ने हत्याराहरुलाई कडा भन्दा कडा सजायको माग गर्दै यो बिज्ञप्ति प्रकासित गरिएको छ । अहिले यस घटनाको सबै ब्यक्ति ,संघ संस्था, समाजिक सञ्जालहरुमा घोर आपत्ती र घटनाको दोषिहरुलाई हदै सम्मको कारबाहीको लागी चर्काे बिरोध भइरहेको छ ।
जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरि सर्वजनिक गरेको छ । गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षीय गणेश बडु्वाल, २७ वर्षीय मनोज बोगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीलाई घटनामा संग्लन भएको भन्दै प्रहरीले पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया अगाडी वढाएको हो ।
गत असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ की १९ वर्षीया माया विक असार १५ गते मृत अवस्थामा भेटिएपछि प्रहरीले अटनाको अनुसन्धान गर्दै संग्लनलाई समातेको हो । विकको शव चपरथली सामुदायिक वनभित्र भेटिएको थियो । उनको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा हालेको अवस्थाला फेला परेपछि पिडितको जाहेरीका आधारमा घटनाको अनुसन्धान गर्दै यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरिएपछि योजना वनाएर सामुहिक वलात्कारपछि हत्या गरेको रहस्य प्रहरीले खुलाएको हो ।
गौरीगंगा नगरपालिकाकामा सामाजिक परिचालक पदमा मायासँगै काम गर्ने मुख्य योजनाकार ३० बर्षीय गणेश बडुवाल रहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले मायालाई मार्नका लागि सोही ठाउँका २७ वर्षीय मनोज वोगटीलाई ८० हजार दिएपछि उसको एक जना साथी र वडुवालले आफ्ना अन्य दुई साथीलाई वोलाएर जंगलमा जर्वजस्ती वलात्कार गर्दै हत्या गरिएको प्रहरी समक्ष संग्लनले वयान दिएका छन् ।