नरेश जोगीको “माया बस्यो” सार्वजनिक, कभर भिडियो र टिकटकमा पुरस्कार
विशाल पाण्डेय / कैलाली ।
नेपाली गीत सङ्गीतमा पछिल्लो समय धेरै नै चर्चामा आएका गायक नरेश जोगीको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । यसै क्रममा गायक जोगीको “माया बस्यो लै लै..” बोलको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ ।
गायक नरेश जोगी र गायिका शिक्षा ढुङ्गेलको स्वरमा सजिएको उक्त गीतको शब्द र सङ्गीत स्वयं गायक जोगी कै रहेको छ भने गीतमा विशाल निरौलाको म्युजिक एरेन्ज छ ।
निर्देशक शिशिर केसीद्वारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा नेपाली ठिटोजको डान्स क्रु सहित भारतको चर्चित रियोलिटी सो ‘डान्स इन्डिया डान्स’बाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको छायाङ्कन तथा विकास ज्ञवालीको सम्पादन रहेको उक्त म्युजिक भिडियोको कोरियोग्राफी निश्चल केसीले गरेका हुन् ।
उत्कष्ट कभर भिडियोको २ लाख र उत्कृष्ट टिकटक भिडियोको ५० हजार पुरस्कार
“माया बस्यो लै लै..” बोलको गीतको निर्माण समूहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुई जना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ ।
उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोस्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए । जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ । ‘यो कभर भिडियोका सौखिन र टिकटकप्रेमीहरुका लागि सुखद अवसर हो,’ उनले भने । भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने छ ।”
भिडियो हेर्नुहोस्: