देशभरको मौसम परिवर्तन - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

देशभरको मौसम परिवर्तन



काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। सोमबार बिहानैदेखि मौसम एकाएक बदली भएका कारण चिसो बढेको हो।

मंगलबार पनि कुहिरोका कारण काठमाडौँ उपत्यकामा बिहानीपख आकाश खुल्न सकेको छैन ।तराईँका जिल्लामा पनि हुस्सु र कुहिरो लागेपछि जाडो बढेको छ। कतिपय उच्च पहाडी भेगहरुमा हिमपात भइरहेको छ।

पश्चिमी वायुको प्रभावले आगामी दुई दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

मंगलबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान मौसमविदले गरेका छन्।

अहिले बिहान प्रदेश नम्बर २ र प्रदेश नम्बर १ का तराईका भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।