कस्तो होला आजको मौसम ? - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

कस्तो होला आजको मौसम ?



काठमाडौँ– शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने र तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना भएको जल तथा मौसम विभागले जनाएको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको विभागले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु भागको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको हो ।

यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच देशको उच्च हिमाली भू–भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।