मौसम विभागको चेतावनी- चिसो अत्यधिक बढ्दैछ, सतर्कता अपनाउनु - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

मौसम विभागको चेतावनी- चिसो अत्यधिक बढ्दैछ, सतर्कता अपनाउनु



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ कार्तिक २६ गते (शुक्रबार)

राती: प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २७ गते (शनिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २८ गते (आईतबार)

दिउँसो: देशका प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।