मौलिक हकसम्बन्धी सातओटा विधेयक पारित, के के हुन् ?
काठमाडौं । मौलिक हकसम्बन्धी केही विधेयकहरु पारित भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले मौलिक हकसम्बन्धी सातओटा विधेयक पारित गरेको हो ।
बैठकले अपराधपीडितको संरक्षण, सुरक्षित मातृत्व तथा प्रजजन् स्वास्थ्य अधिकार, जनस्वास्थ्य अधिकार, रोजगारीको हक, उपभोक्ता संरक्षण, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता र आवासको अधिकारसम्बन्धी विधेयक पारित गरेको हो ।
आगामी असोज ३ गतेभित्र सबै मौलिक हकसँग सम्बन्धित विधेयक निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधिसभामा खासै छलफल नगर्ने राजनीतिक सहमतिअनुसार विधेयक निर्माण गरिएको हो । संवैधानिक बाध्यता भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि त्यसमा सहमत बनेको हो ।
मौलिक हकसँग सम्बन्धित १० ओटा पूर्ण नयाँ र १३ ओटा कानुन संशोधन गर्नुपर्नेछ । ती कानुहरु निर्माण गर्नका लागि शनिबार (भोलि) पनि संसद बैठक बोलाइएको छ ।