मौद्रिक नीति ४ बजे सार्वजनिक हुने : फोर्स मर्जर नआउने - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

मौद्रिक नीति ४ बजे सार्वजनिक हुने : फोर्स मर्जर नआउने



काठमाडौं : नेपालको मौद्रिक नीति आज बुधबार अपरान्ह ४ बजे सार्वजनिक गरिने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम होटेल र्याडिसनमा तय भएको छ ।

बुधबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मौद्रिक नीतिलाई अनुमोदन गरेपछि आजै सार्वजनिक गर्न लागिएको हो । यसअघि ठूला बैंक मर्जरका बारेमा केही मतभिन्नता देखिएको थियो । नीतिमा फोर्स मर्जर आउने छैन । केन्द्रीय बैंक स्रोतहरुका अनुसार मर्ज तथा एक्विजिसनमा जाने वित्तीय संस्थालाई विभिन्न छुटका प्रस्ताव आउन सक्नेछ ।

मौद्रिक नीतिले बजेटले लिएका लक्ष्य र उद्देश्य पूरा गर्नुपर्ने हुन्छ । ८.५% को आर्थिक वृद्धि लक्ष्यलाई पूरा गर्ने गरी नीति आउनेछ ।

बढ्दो ब्यापार घाटा तथा उच्च शोधनान्तर घाटालाई ट्रयाकमा ल्याउने गरी नीति सार्वजनिक हुनेछ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जामा थप विस्तार, आयात निरुत्साहित लगायतका नियमित कार्यक्रमले यसपटक पनि निरन्तरता पाउने बताइएको छ ।