मातृका यादवको प्रतिकार गर्ने पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मातृका यादवको प्रतिकार गर्ने पक्राउ



काठमाण्डुको बल्खुस्थित तरकारी बजारको मूल्य अनुगमनमा गएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित सरकारी टोलीको प्रतिकारमा उत्रिएका एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्त्री यादव सोमबार (आज) बिहानै उद्योग, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीसहित तरकारी तथा फलफूल बजार पुग्दा व्यवसायी विरोधमा उत्रिएका थिए । प्रतिकारमा उत्रनेहरुको नेतृत्व गरेका व्यवसायी रबी साहलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बल्खुमा राखिएको छ ।

तीन वर्षअघि तत्कालिन बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन अनुगमनमा जाँदा व्यवसायीको प्रतिकारमा परेका थिए । व्यवसायीको प्रतिकारपछि मन्त्रीसहितको सरकारी टोली अनुगमन नै नगरी फर्किएको थियो । त्यति बेला पनि प्रतिकार समूहको नेतृत्व पक्राउ परेका साहले नै गरेका थिए ।

केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्य अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यवसायीले घेरा हालेर भित्रै थुनेका थिए । त्यसपछि मन्त्री यादव आफैं कालिमाटी बजार पुगेर स्टलको जथाभावी भाडा असुल्ने कार्यमा संलग्न व्यवसायीमाथि कारबाही गरेका थिए ।