मातृका यादव भन्छन : अपराधिलाई राजनीतिक संरक्षण छ
काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसद मातृका प्रसाद यादवले राजनीतिक संरक्षणमा अपराधिले उनमुक्ति पाइरहेको बताएका छन् ।
उनले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधिले उनमुक्ति पाइरहेको बताए । उनले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले धनुषाको घटनामा पनि रुकुम घटना छानविन गर्न गठन भएको संसदीय समतिलाई नै छानविन गर्न जिम्मा दिनुपर्ने बताए ।
धनुषा जिल्ला सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका एक ड्राइभर हिरासतमा परेको तर जेठ २७ गते हिरासतमै रहेको अवस्थामा सौचालयमा भुण्डिएको अवस्थामा फेला परेको सांसद यादवले बताए । उनले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याइएर मारेको बताइरहेको र प्रहरी थानाले आफै झुण्डिएको बताएकाले छानविन हुनुपर्ने बताए ।
त्यस्तै २७ गते नै सबैला नगरपालिकामा घरमा रहेका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएकोले उक्त घटनाको पनि निस्पक्ष छानविन गर्न माग गरे । उनले २०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानविन हुन नसकेको भन्दै छानविन गर्न माग गरे ।
दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताए । उनले कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गरे । उनले प्रदेश नम्बर दुई सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताए ।