मातृकाको प्रश्न: परमादेशको सरकार भन्नेले सांसदबाट राजिनामा दिने हिम्मत छ ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले अहिले परमादेशबाट आएको सरकार भन्नेले सांसदबाट राजिनामा दिने हिम्मत गर्नुपर्ने बताएका छन् । उनले परमादेशको सरकार भन्नेहरूलाई पदमा बस्ने अधिकार नभएको भन्दै राजीनामा दिदाँ हुने बताए ।
उनले अबको ६ महिनामा चुनाव हुने भएकाले त्यस्ताहरूले राजिनामा दिएर चुनाव लड्नतिर लाग्दा राम्रो हुने टिप्पणी गरे ।
केपी ओलीको सरकार गठबन्धनको सरकार हुदाँ म पनि मन्त्री थिए । उहाँ पनि कुनै समयमा कांग्रससँग मिलेर सरकार बनाउँनु भएको थिएन र उनले थप प्रश्न गरे । केपी ओलीले आफुले गरेका सबै ठिक अरुले त्यही गर्दा सबै बेठिक ? उनले प्रश्न गरे ।
उनले भने,“जसले पदका लागि सबै बदनाम गरेको छ, अझ उही आएर संसदमा आएर हुटिट्याउले जसरी सबै आफुले थामे जसरी सुुगा रटान गरेर एउटै परमादेश भन्याँ छ ।”
सबै भ्रष्टचारको छानबिन हुनुपर्ने उनले माग गरे । “विदेशी बैंकमा रहेका कालो धन सबै नेपालमा ल्याउँनुपर्छ,” उनले थपे,“केपी ओली आफु नै प्रधानमन्त्री हुदाँ केही नगर्ने अरुले तत्काल गर्नुपर्ने ?”