मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट



काठमाडौं- उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ।

मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको हो।

मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो।

मन्त्रालयका सहसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए। तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो।

युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहले घुस लिएर खड्कालाई पठाएको भन्दै मन्त्रीको सचिवालय पुगेका थिए।

यसपछि दुबै पक्षबीच भनाभन सुरु भयो। मन्त्री पनि भनाभन भएको स्थानमा नै पुगे।

केही छिनमै दुबैपक्षबीच कुटाकुट भएको हो।

मन्त्रीको सचिवालयका स्वकीय सचिव प्रेम आचार्यको कार्यकक्षमा नै कुटाकुट भएको हो।

कर्मचारी नेताको समूहले स्वकीय सचिव आचार्यले घुस लिएर खड्कालाई विभागमा पठाएको आरोप लगाएको छ।

मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ।

नेपाल लाईभको सहयोगमा