प्रहरीसँग झडप: मातृका यादव गम्भीर घाइते, अण्डकोषमै ठुलो चोट - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रहरीसँग झडप: मातृका यादव गम्भीर घाइते, अण्डकोषमै ठुलो चोट



जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको देशव्यापी आम हड्तालका क्रममा प्रहरीसँग झडप हुँदा पूर्व उद्योगमन्त्री मातृका प्रसाद यादव गम्भीर घाइते भएका छन्।

झडपमा यादवको अण्डकोषमा गम्भीर चोट लागेको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ । जनकपुरको शिव चोकमा प्रहरीसँगको झडपमा उनीसहित पूर्व मन्त्री रामचन्द्र झा पनि गम्भीर घाइते भएका छन् ।

जनकपुरधामस्थित शिव चोकमा निस्किएका पूर्व मन्त्री रामचन्द्र झाको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा चार टाँका लगाइएको छ ।

यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको उपचार हुने जनाइएको छ ।

झडपका क्रममा नेकपा स्थायी समिति सदस्य झाको टाउको फुटेको छ। त्यस्तै शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको र शरीरभरी चोट लागेको छ।

उनीहरुलाई पनि थप उपचारका लागि प्रादेशिक अस्पतालबाट काठमाडौं रिफर गरिएको बताइएको छ । झडपमा दाहाल-नेपालका जिल्ला अध्यक्ष श्रवण बरबरिया, कारी यादव पनि घाइते भएका छन्। प्रहरीतर्फ जवान लालबाबु राय घाइते भएका छन्।