मात्र पाँच सय रुपैयाँमा फोरजी स्मार्टफोन
काठमाडौं। भारतमा आममानिसको हातसम्म फोरजी स्मार्टफोन पुर्याउने अभियान सुरु गरिएको छ । भारतमा अहिले पनि लाखौं मानिस फिचर फोन नै चलाउँछन् । जसमा फोरजी सेवा उपलब्ध छैन ।
फिचरफोन प्रयोगकर्तालाई फोर जी नेटवर्कमा समेट्न भारतीय एयरटेल, भोडाफोन इण्डिया र आइडिया सेलुलर मिलेर फिचरफोन भन्दासस्तो फोरजी स्मार्टफोन बनाउन लागेका छन् । यी कम्पनीहरुले हाते फोन निर्मातासँग मिलेर ५ सय रुपयमा स्मार्टफोन बनाउन थालेका हुन् ।
यो फोनसँग मासिक ६०र७० रुपयामा बण्डल्ड भ्वाइस र डाटा प्याक पनि दिइनेछ । यो रिलायन्स जियोले यस अघि घोषणा गरेको योजनाभन्दा भिन्न छ ।
सेप्टेम्बरको शुरुमा जियोले पैसा फिर्ता गर्ने गरी १ हजार ५ सय रुपयामा सस्तो फोर जी चलाउन मिल्ने फिचर फोन बेच्ने योजना ल्याएको थियो । कतिपयले यसलाई जियोको योजनालाई कडा टक्कर दिने अपेक्षा गरेका छन् । एजेन्सी