बिहानै गाउँपालिका अध्यक्ष पक्राउ, मतदान स्थलमा तनाव - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

बिहानै गाउँपालिका अध्यक्ष पक्राउ, मतदान स्थलमा तनाव



सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्।

मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।

औरही गाउँपालिका वडा नम्बर ४ स्थित मतदातालाई पैसा बाँड्न आएको भन्दै अध्यक्षका उम्मेदवार यादवलाई कांग्रेस र जसपाका कार्यकर्ताले घेराउ गरेका थिए।

त्यसैक्रममा दुईतर्फी झडप हुँदा रड प्रहारबाट माओवादी कार्यकर्ता घाइते भएको सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

कुटाकुट भएपछि उम्मेदवार यादवसहित थप दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए।

झडपमा परी घाइते हुनेको नाम भने खुल्न सकेको छैन। ती युवकको टाउको फुटेपछि सिरहाकै अस्पतालमा उपचार भइरहेको छ।