कांग्रेस प्रदेश २ को मतदान स्थगित - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

कांग्रेस प्रदेश २ को मतदान स्थगित



जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा झडप भएपछि मतदान स्थगित गरिएको छ।

प्रदेश निर्वाचन संयोजक प्रह्लाद गौतमले अब भोलि बिहान ८ बजेदेखि निर्वाचन हुने जानकारी दिए। उनले मतपत्र पुरै नछापिएका कारण निर्वाचन स्थगित गरिएको दावी गरे।

दिउँसो दुई पक्षबीच झडप भएपछि मतदानस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ। आजै साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा सभापतिका दुई उम्मेदवारका समर्थकबीच झडप भएको थियो।

सभापतिका उम्मेदवार तथा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र रौतहटका जिल्ला सभापति कृष्ण यादव पक्षबीच झडप भएको हो। रामसरोज पक्षले आज निर्वाचन गर्न नहुने बताएको थियो भने कृष्ण यादव पक्षले आजै निर्वाचन हुनुपर्ने माग गरेको थियो।

रामसरोजलाई शेखर कोइराला र विमलेन्द्र निधि तथा कृष्णलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन छ।

अधिवेशन जनकपुरधामको गोपाल धर्मशालामा भइरहेको छ। प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जनाले उम्मेदवारी दिएका छन्। अन्तिम नामावली अनुसार पाँच जना सदस्य निर्विरोध भइसकेका छन्।