कडा सुरक्षाबीच मतगणना -यस्तो छ अवस्था - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

कडा सुरक्षाबीच मतगणना -यस्तो छ अवस्था



काठमाडौं । भारतको लोकसभा चुनावको मतगणना बिहीबार बिहान ८ः१५ देखि सुरु हुँदैछ । त्यसअघि सुरक्षा स्थिति भने निकै कडा पारिएको छ  ।

दिउँसोदेखि नै नतिजा आउन थाल्ने भारतीय चुनाव आयोगले जनाएको छ । गृहमन्त्रालयले हरेक राज्यमा कुनै धाँधली, गडबडी वा हिंसात्मक घटना नहोस् भन्नका लागि हाइ अलर्ट गराएको छ ।

बिहान ७ः१५ देखि ८ बजेसम्म कडा निगरानीका साथ इबीएम स्टङरुमबाट निकालेर मतगणना स्थलमा लगिने छ ।

चुनाव अधिकारीले दुई चरणमा डाकबाट आएका ब्यालेट जाँच्ने छन् । एक राउन्डमा १४ इबीएमको मतगणना हुन सक्ने जनाइएको छ ।

फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै भारतीय जनता पार्टी नेतृत्वको एनडीएले सत्तामा कब्जा जमाउने संकेत एग्जिट पोलहरुले दिए पनि विपक्षी दलहरुले भने त्यो पोललाई खारेज गर्दै आफूहरुको पकड बलियो हुने दावी गरिरहेका छन् ।

सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले ५४३ मध्ये २८२ सिट ल्याउँदा विपक्षी कांग्रेसले ४४ सिटमात्र जितेको थियो ।