सबै मतदान सकियो: मतगणना सुरू गर्ने तयारी
काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत मतदान सकिएको छ । विहान करिब १२ बजेबाट सुरु भएको मतदान अहिले साढे ११ बजे मात्रै सकिएको हो । अहिले मुचुल्का उठाउने काम भइरहेको छ । केही बेरपछि मतगणना सुरु हुनेछ ।
मतदानका लागि तीनपटक सम्म समय थप भएको थियो । पहिलो पटक राति ९ बजेसम्मका लागि समय तोकिएको थियो। त्यसपछि १० बजेसम्मका लागि तोकिएकोमा अब एक घण्टा थपेर साढे ११ बजेसम्मका लागि पुर्याइएको थियो ।
नेपाली कांग्रेसका ४ हजार ७४३ कांग्रेसका मतदाता रहेका छन् ।