पहिलो राउन्डमै सभापति जित्न कति चाहिन्छ मत? यस्तो छ अवस्था
काठमाडौं । नेपाली कांग्रेसको मतदान सकिएको छ । मतदान सकिए लगत्तै मतगणनाको तयारी गरिएको छ ।
सभापतिको मतगणना आजै गर्ने र अन्य मतगणना त्यसपछि गर्न तयारी गरिएको छ । सभापतिमा पहिलो चरणमै जित्न अर्थात ५० प्रतिशत कटाउन ५ जनामध्ये एक उम्मेदवारले २३४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।
कुल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ जनाले मत दिएका छन् ।
खसेको मतको ५० प्रतिशत कटाउन सभापति उम्मेदवारले २३४० मत पाउनुपर्छ ।
सभापतिका उम्मेदवार शेरवहादुर देउवा,डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ कसैले पनि २३४० मत कटाउन नसकेमा दोस्रो चरणमा दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।