भीआईपी नै मास्क लगाउन मान्दैनन् - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

भीआईपी नै मास्क लगाउन मान्दैनन्



काठमाडौं- गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ।

संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ।

तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन्।

सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने प्रायः मास्कमै पार्टीका कार्यक्रम तथा भेटघाटमा देखिन्छन् । उनले पार्टीका बैठक र भेटघाटका कार्यक्रममा मास्क लगाएको पाइन्छ।