घोडाघोडीमा सर्जिकल माक्स वितरण
कैलाली- घोडाघोडी नगरपालिका -१ सुखडमा सर्जिकल माक्स वितरण गरिएको छ । धौल सिंह महराका छोरा गणेश महरा र रोयल हाइड्रो कन्ट्रक्सन प्रा.लि. का यम डि सुरेन्द्र शाही (बिबेक) को सहयोगमा बुधबार एक अनौपचारिक कार्यक्रमका बिच करिब ५ हजार ५ सय थान सर्जिकल माक्स वितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि माक्स सहयोग गरेकोमा घोडाघोडी नगरपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष मनराज शाहीले धन्यवाद व्यक्त गरेका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सानो भएपनी आफ्नो सहयोग गर्न पाएको भन्दै सुरेन्द्र शाहीले खुशी व्यक्त गरेका छन् । वडा कार्यालयको समन्वयमा ईलाका प्रहरी कार्यालय सुखड, नगरपालिकाको स्वास्थ्य शाखा, टोल समितिका अध्यक्ष, स्थानीय, पत्रकार लगायत विभिन्न व्यक्तिहरुलाई सर्जिकल माक्स वितरण गरिएको हो ।
घोडाघोडी नगरपालिकामा हाल ९८ जना कोरोना संक्रमित रहेका छन् भने ८ जना एक्टिभ केस रहेका छन् ।