पत्रकारको स्वास्थ्य सुरक्षाका लागि माक्स वितरण - Himal Post Himal Post
  • १९ फाल्गुन २०८२, मंगलवार
  •      Tue Mar 3 2026
Logo

पत्रकारको स्वास्थ्य सुरक्षाका लागि माक्स वितरण



कैलाली । रिपोटीङ्गका लागि फिल्डमा खटीने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि प्रेस युनियन लम्की शाखा, कैलालीले ५ सय पिस मेडिकल सर्जिकल माक्स वितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को जोखिम नेपालमा समेत उच्च हुनथाले पछि नागरीकलाई सुचना प्रबाह गर्न आफ्नो ज्यानलाई जोखिम मोलेर फिल्डमा रिपोटीङ्गको लागि खटीने कैलाली जिल्लाका बिभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारको लागि माक्स वितरण गरिएको हो ।

जिल्ला र प्रदेश सदरमुकाम बाट टाढा रहेका जिल्लाको लम्की, बलिया, बौनिया, सुखड, पहलमानपुर, टीकापुर, सत्ती लगायतका क्षेत्रबाट क्रियाशिल रुपमा पत्रकारीता गरी रहेका पत्रकारहरुलाई उक्त स्वास्थ्य सामग्री वितरण गरीएको नेपाल प्रेस युनियन लम्की शाखाका अध्यक्ष देवानन्द न्यौपानेले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता तथा पुर्ब महासमिति सदस्य हिमबहादुर रावलको सहयोगमा ५ सय पिस सर्जिकल माक्स पत्रकारका लागि वितरण गरिएको हो ।

यस संकटको समयमा पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेको प्रति नेपाली कांग्रेसका नेता रावललाई नेपाल प्रेस युनियन लम्की शाखा कैलालीका सभापति न्यौपानेले धन्यबाद व्यक्त गरेका छन् ।