सरकार बिरुद्ध कडा रुपमा उत्रियो मसाल ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकार बिरुद्ध कडा रुपमा उत्रियो मसाल !



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले डा. गोविन्द के.सी.को अनसनको क्रममा कुनै अप्रिय घटना भए  त्यसको जिम्मेवार सरकार हुनुपर्ने बताएको छ ।

त्यसका लागि सरकारले कडा मूल्य तिर्नु पर्ने मसालको भनाई छ । कुनै अप्रियघटना घट्यो भने इतिहासले वर्तमान सरकारलाई क्षमा नदिने सो पार्टीले जनाएको छ ।

साउन ४ गते बसेको पार्टीको केन्द्रीय समितिका सदस्यहरुको बैठकमा डा.गोविन्द के.सी.का मागहरु, उनको अनसन र त्यसबारे सरकारले अपनाएको नीतिबारे छलफल भएको जनाइएको छ ।

बैठकपछि जारी विज्ञप्तीमा छ

१.डा. के.सी.का मागहरु माथेमा आयोगको प्रतिवेदन र राष्ट्रियआवश्यकअनुसार छन् । त्यस कारणहाम्रो पार्टीले उनकामागहरु पूरा गर्नुपर्ने आवश्यकतामाविशेष जोड दिन्छ ।

२. लामो अनसनका कारणले डा. के.सी.को जीवन संकटको अवस्थामापुगेको छ । त्यसकारणउनको प्राणको रक्षाकालागि सरकारले विशेष ध्यानदिनुपर्ने आवश्यकता छ । कुनै जोरजर्वजस्ती गरेर होइन, उनका न्यायपूर्ण मागहरुलाई स्वीकार गरेर नै उनको प्राण रक्षा गर्न सरकारले ध्यानदिनुपर्ने आवश्यकता छ ।

३. अहिले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकले माथेमा आयोगका मूलभूत सिफारिसहरुलाई अस्वीकार गर्दछ । त्यसकारण त्यो विधेयकलाई फिर्ता गरेर माथेमा आयोगको सिफारिस अनुसार नया“ विधेयक संसदमा पेश गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

४. डा. के.सी.का मागहरुकापक्षमा देशमा उठिरहेको आवाज र त्यसका लागिभ इरहेको आन्दोलनसित ने.क.पा. (मसाल)ले ऐक्यवद्धता प्रकट गर्दछ ।

५. डा. के.सी.का मागहरुसमेतकालागिने.का.ले आन्दोलनको जुनघोषणा गरेको छ,त्यो उसकाआफ्ना गलतप्रकारका राजनीतिकउद्देश्यहरुद्वारा निर्देशित छ । त्यसको त्यो आन्दोलनको उद्देश्य खालि सत्तासितको प्रतिस्पर्धा मात्रहो र, त्यसकारण, त्यो आन्दोलनलाई हामीले समर्थननगर्ने कुरा हामीले स्पष्ट गर्न चाहन्छौं । त्यसैले हाम्रो पार्टी त्यसले आयोजना गर्नेआन्दोलन सम्बन्धीकुनै कार्यक्रममासहभागीनहुने कुरा पनिहामीले स्पष्ट गर्न चाहन्छौं ।

६. डा. के.सी.का मागहरुकापक्षमा र उनको जीवन रक्षाकालागि स्वास्थ्यकर्मी, नागरिक समाज, मानवअधिकारवादीआदिले गर्ने आन्दोलनहरुलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौं र आवश्यकतानुसार उनीहरुद्वारा आयोजितकार्यक्रमहरुमा सहभागीहुने हाम्रो नीतिहुनेछ ।

७. हाम्रो पार्टीको नजिकका मोर्चा, जनवर्गीय संगठनका समितिवा सदस्यहरुले आफ्नो स्वतन्त्र पहलकदमीमा पनि डा. के.सी.का मागहरुका पक्षमा विभिन्न कार्यक्रमहरु वा सरकारका गलत नीतिहरुका विरुद्ध विरोध कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । हाम्रा विभिन्न मोर्चा वा जनवर्गीय संगठनहरुद्वारा आयोजित आफ्ना कार्यक्रमहरुमा पनि हामीले डा. के.सी.का माग वा आन्दोलनकाप क्षमा बढी भन्दाब ढी विचारहरु लैजानेप्रयत्न गर्नु पर्दछ । देशका अन्यविभिन्न पक्षहरुसित पनि पारस्पारिक समझदारी वा सहमतिका आधारमा डा. के.सी.का मागहरुका पक्षमा संयुक्तकार्य क्रमहरुको आयोजना गर्ने हाम्रो नीति हुनेछ ।

८. सरकारले डा. के.सी.का मागहरुप्रति सकारात्मक दृष्टिकोण अपनाउने भन्दा तिनीहरुप्रति बढी नकारात्मक दृष्टिकोणअपनाएको पाइन्छ । सरकारको त्यस प्रकारको नीति र कार्यशैलीलाई हाम्रो पार्टीले कडा शब्दमा आलोचना वा विरोध गर्दछ ।

९. डा. के.सी.को अनसनको क्रममाकुनै अप्रियघटना घट्यो भने त्यसको जिम्मेवार सरकार नै हुनेछ र त्यसकालागि सरकारले कडामूल्यतिर्नु पर्नेछ । त्यस प्रकारको कुनै अप्रियघटना घट्यो भने इतिहासले वर्तमान सरकारलाई क्षमादिने छैन ।