राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चापछि मार्सी चामलको माग बढ्यो - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चापछि मार्सी चामलको माग बढ्यो



काठमाडाैं । पछिल्लो समयमा कालीमार्सी चामलसँग जोडिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्या प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।

राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी चामल किन्न आएको पवित्रा पाठक बताउँछिन् । ‘जुम्ली मार्सीको स्वाद चाख्ने रहर थियो,’ पवित्राले भनिन्, ‘मार्सी चामलमा धेरै गुण पाइने सुनेको छु, त्यसैले पनि खोजीखोजी महोत्सव स्थलसम्म आएकी हुँ ।’ आजको काराेबार दैनिकमा छापिएकाे छ ।