एउटा कमजोरीका कारण नेदरल्याण्ड्सका प्रधानमन्त्रीले दिए राजीनामा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

एउटा कमजोरीका कारण नेदरल्याण्ड्सका प्रधानमन्त्रीले दिए राजीनामा



एजेन्सी- बाल कल्याणसम्बन्धी एउटा कार्यक्रममा भएको कमजोर व्यवस्थापनको जिम्मेवारी लिँदै नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले राजीनामा दिएका छन्।

बाल कल्याण सम्बन्धी कार्यक्रमको सही व्यवस्थापन नहुँदा थुप्रै परिवार आर्थिक संकटमा फसेको विषयमा आलोचना भएपछि प्रधानमन्त्री रुट्टेले राजीनामा दिएका हुन्।

लिबरल पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका रुट्टेले राजा विलेम अलेक्जेण्डरलाई राजीनामा बुझाएका हुन्।

राजीनामा घोषणा गर्दै रुट्टेले कानूनी राज्यमा शक्तिशाली सरकारले आफ्ना नागरिकको सुरक्षा गर्नुपर्नेमा गल्ती भएको स्वीकार गरेका छन्।

अब आगामी मार्च १७ मा हुने निर्वाचनले त्यहाँ नयाँ सरकार निर्माण गर्नेछ।

गत महिना संसदीय समितिले गरेको छानबिनमा बाल कल्याण कार्यक्रमको रकममा करछली तथा दुरुपयोग भएको पाइएको थियो।

यो कोषबाट थुप्रै आप्रवासी पृष्ठभूमिका बालबालिका तथा आर्थिक चपेटामा परेका परिवारका बालबालिकालाई लाभ दिनुपर्नेमा दुरुपयोग भएको संसदीय समितिले ठहर गरेको थियो।