सर्वोच्चमा बहस: मार्ग प्रशस्त भनेको के हो ?
काठमाडौं- संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतलमा अहिले सुनुवाई भैरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल पूर्ण इजलासमा अहिले सुनुवाई भैरहेको छ ।
सुरुवातमा अधिवक्ता वीरभद्र जोशीले संसद विघटन असंवैधानिक भएको दावी गर्दै पुनःस्थापनाको माग गरे । उनले मध्यरातमा समय नदिई विघटन गर्नु असंवैधानिक भएको जिकिर गरे ।
सो क्रममा उनले प्रधानमन्त्री ओलीले राजिनामा नदिएको र मार्ग प्रशस्त भन्दै शब्दजालमा फसाएको बताए । प्रतिनिधिसभा विघटनविरुद्धको आफ्नो रिटमाथि बिहीबार बहसका क्रममा उनले राष्ट्रपतिले भनेको र प्रधानमन्त्री गरेको कार्यमा तारतम्य नमिलेको समेत बताए ।
यस्तै अधिवक्ता तुलसी पराजुलीले ७६ (३) बमोजिम नियुक्तले ४ बमोजिम विश्वासको मत लिनुपर्नेमा उपधारा ५ मा जानू गैरसंवैधानिक भएको भन्दै ओलीले विश्वासको मत नलिइ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको दाबी गरेका छन् ।