साबधान ! मरेका खसी-बोकाको मासु बेच्दै ब्यापारी ! - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

साबधान ! मरेका खसी-बोकाको मासु बेच्दै ब्यापारी !



काठमाडौं– राजधानीमा मरेका खसी/बोको मासु बिक्री हुने गरेको प्रहरीले जनाएको छ। काठमाडौंमा बिक्री गर्न ल्याइएको एक मृत खसी प्रहरीले बरामद गरी नष्ट गरेको छ।

महानगरीय प्रहरी प्रभाग बलम्बुले सवारी खसी/बोका बोकेका सवारी साधन चेकजाँच गर्ने क्रममा यस्तो खुलेको हो। क्वारेन्टाइन पास नगरी अवैध रुपमा काठमाडौंमा बिक्री गर्न ल्याइएका ४४ वटा खसी/बोका पनि नियन्त्रणमा लिई पशु क्वारेन्टाइनको कार्यालय काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

पशु ढुवानी मापदण्ड, २०६४ अनुसार कुनै पनी पशुपंक्षी तथा पशुजन्य पदार्थको आन्तरिक ओसारपसार र बिक्री बितरणका लागि भेटेरिनरी प्रमाण पत्र अनिवार्य चाहिन्छ। पशु चिकित्सकबाट पशुपंक्षीको स्वास्थ्य परीक्षण गरेर स्वस्थ छ भने मात्र यस्ता प्रमाण पत्र दिइने व्यवस्था छ। तर, राजधानीमा परीक्षण नै नगरी मासु खसी, बोका, भैंसी, सुंगुर लगायत पशुहरुको मासु बिक्री हुने गरेको छ। रोगी पशुहरुको मासु सेवन गर्दा गम्भीर रोग निम्त्याउने चिकित्सकहरु बताउँछन्।

राजधानीमा नियमनको बलियो संयन्त्र नहुँदा पनि मरेका र रोगी पशुहरुको मासु खुलेआम बिक्री हुने गरेको छ।