मापसेमा नयाँ नियम लागु : जाँचमा परे जेल हालिने - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मापसेमा नयाँ नियम लागु : जाँचमा परे जेल हालिने



काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकहरुका लागि कारवाही थप कडा बनाएको जानकारी दिएको छ । यस भन्दा अगाडि रहेको एक हजार रुपैयाँ जरिवाना, लाइसेन्समा प्वाल र ट्राफिक जनचेतनाबारे कक्षा लिनुपर्ने नियमलाई थप कडाईका साथ लागु गर्ने निर्णय महाशाखाले दिएको छ ।

महाशाखाले अब बनाएको नियम अनुसार मापसे गरेर सवारी चलाउनेहरुले हिरासतमा समेत बस्नुपर्ने छ । मापसे जाँचमा नियमकोबाट लाइसेन्स प्वाल पार्नबाट बच्नेहरु बढेपछि महाशाखाले पुरानो नियममा थप कढाई गरेको बताएको छ ।

ब्लुबुक मात्र प्रस्तुत गरि लाइसेन्स नभएको बाहाना गर्ने र ब्लुबुक धनी आएर अर्को व्यक्तिले आफ्नो सवारी चलाएको भन्दै जरिवानामात्र तिरेर बन्छिनेहरुको संख्या बढेको पाइएपछि मापसेमा थप कढाई गर्न परेको महाशाखाले जनाएको छ ।

नयाँ नियम शुक्रबारबाट लागु भएको छ । लागु भएको नयाँ नियम अनुसार मापसे गरेर सवारी चालउनेहरले जाँचका क्रममा लाइसेन्स प्रस्तुत गर्न नसकेको खण्डमा एक रात हिरासतमा बस्नुपर्नेछ । त्यस्तै ती चालकले आफ्नो परिवारका सदस्यलाई बोलाएमा सोही रात उनलाई परिवारको जिम्मामा छाडिने जानकारी महाशाखाले दिएको छ । यसरी छाडिँएका चालकहरुलाई भोलि बिहान आठ बजेभित्र सम्बन्धित ट्राफिक कार्यालयमा उपस्थित हुने गरी कागज गराएर मात्र छोडिने पनि महाशाखाले जनाएको छ । त्यसपछि चालकलाई बग्गी खानामा लगेर कक्षा लिन लगाई जरिवाना तिराएर छाडिनेछ ।

आफूले मापसे गर्दा आफ्नो परिवारले अन्यासमै सास्ती भोग्नुपर्ने भएपछि चालकले मापसे गरेर सवारी चलाउने दरमा कमी आउने विश्वास महाशाखाले राखेको छ । शुक्रबारदेखि लागु भएको यो नियममा पहिलो दिन चार जना र दोस्रो दिन ६ जना कारवाहीमा परिसकेका छन् ।

-फाइल फोटो