माओवादीले राजा राख्न चाहेको रोचक खुलासा (भिडियो) - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

माओवादीले राजा राख्न चाहेको रोचक खुलासा (भिडियो)



काठमाडौं : नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले माओवादीले राजतन्त्र जोगाउन चाहेको तर ज्ञानेन्द्र शाहको आफ्नै महत्वाकांक्षाका कारण राजतन्त्र गएको बताएका छन्।

रेडियो अन्नपूर्णको कार्यक्रम ‘मूलप्रवाह’ मा कुरा गर्दै दीक्षितले सशस्त्र द्वन्द्वकालमै एक माओवादी नेताले राजतन्त्र राख्न चाहेको सन्देश राजाकहाँ पुर्‍याउन आफूलाई आग्रह गरेको उनले सुनाए।

उनी कुन तहका नेता हुन् र को हुन् भन्नेबारे भने उनले खुलाएनन्। ‘माओवादीले कुनै न कुनै रुपले राजतन्त्र राख्न चाहेको र यसका लागि राजा समक्ष कुरा पुर्‍याउन आग्रह गर्ने गरेको’ उनले दावी गरे।

‘भूमिगत हुँदा नै उनीहरूसँग गोप्य रुपमा कुरा हुन्थ्यो। उनीहरूले भने कि तपाईँले राजालाई समाचार पुर्‍याउन पर्‍यो’, उनले ती माओवादी नेताले भनेको दावी गर्दै दीक्षितले सुनाए, ‘नमूनाको राजतन्त्र देख्न चाहन्छौँ, यो कुरा उहाँ (राजाकहाँ) पुर्‍याइदिनुपर्‍यो।’ ज्ञानेन्द्रले ‘कू’ नगरेको भए राजतन्त्र नेपालमा रहिरहने उनको तर्क छ।