माओवादी संगठन अद्यावधिक गर्दै - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

माओवादी संगठन अद्यावधिक गर्दै



माओवादी केन्द्रले पार्टीका नेताकार्यकर्ताको अद्यावधिक तथ्यांक राख्न सुरु गरेको छ। पार्टीको सर्वोच्च निकाय ‘हेर्डक्वार्टर’ देखि स्थानीय गाउँ कमिटीसम्म एकताका नाममा ‘भद्रगोल’ हुन थालेकाले नेताकार्यकर्ता र संगठनको अवस्था अद्यावधिक तथ्यांक राख्न थालिएको हो।

संगठन विभाग प्रमुख रामबहादुर थापा बादल नेतृत्वको समितिले अहिले संगठनात्मक व्यवस्थापनका लागि तथ्यांक अद्यावधिक गर्न थालेको माओवादीले जनाएको छ। १९ पुसमा माओवादी केन्द्रको हेडक्वार्टरको विस्तारित बैठकले संगठनात्मक व्यवस्थापन गर्न नेता थापाको संयोजकत्वमा संगठन व्यवस्थापन समिति गठन गरेको थियो।

समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर सदस्य छन्। समितिको आइतबार बसेको बैठकले सात वटै प्रदेशबाट तथ्यांक संकलन गर्न नेताहरूको कार्यविभाजन गरेको छ।

समितिले केन्द्रदेखि स्थानीयसम्म कमिटीको आकार (संख्या), नेताकार्यकर्ता जिम्मेवारी, दोहोरो भूमिकालगायत सबै तथ्यांक संकलन गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउने छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।