माओवादी तत्काल सरकारमा नजानुको कारण यस्तो छ - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

माओवादी तत्काल सरकारमा नजानुको कारण यस्तो छ



काठमाडौं– वाम गठबन्धनका तर्फबाट बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए पनि माओवादी केन्द्र भने तत्काल सरकारमा नजाने भएको छ। एमालेसँग पार्टी एकीकरणको प्रक्रिया पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताइएको छ ।

माओबादीको भनाई अनुसार “ओलीलाई प्रधानमन्त्रीका लागि अहिले माओवादीले  सहयोग र समर्थन गर्दैछ। एमालेसँग पार्टी एकीकरणको सबै प्रक्रिया टुंगो नलागेसम्म माओवादीको  तर्फबाट कोही सरकारमा जाँदैन।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमत दाबीसहित आजै वाम गठबन्धनका शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्ताव लगेका थिए। ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण आजै दिउँसो ४ बजे गर्ने कार्यक्रम छ।

निर्वाचन आयोगले समानुपातिकतर्फको नतिजा बुधबार साँझ राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको बाटो खुलेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आजै पदबाट राजीनामा दिएका छन्।