माओवादी तत्काल सरकारमा नजाने - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

माओवादी तत्काल सरकारमा नजाने



नागरिक दैनिक

माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।

एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेबा बोल मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।

माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल  लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।